Comments Add Comment

अब मेरो ध्यान सेमिफाइनलमाः प्रशिक्षक खड्का

२ चैत, बिराटनगर । बंगलादेशमाथि सहज जित निकाल्दै समूह विजेता बनेको नेपाली टोलीका प्रशिक्षक हरि खड्काले अब आफ्नो ध्यान सेमिफाइनल जित्ने भएको बताएका छन् ।

खेलसकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक खड्काले बंगलादेशविरुद्ध आफ्नो रणनीति सफल भएको बताए् । ‘पहिलो १५ मिनेटभित्र गोल गर्ने रणनीति थियो,त्यसमा सफल भयौं’ उनले भने, ‘दोस्रो हाफमा राम्रो गोल गर्ने सिर्जना गरेपनि गोल गर्न भने सकेनौं ।’

म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले १-१ को बराबरी खेलेको थियो । त्यसबेला आफ्नो रणनीति असफल भएको स्वीकार्दै प्रशिक्षक खड्काले भने, आज सफल भएको छ । यसको  पूरा श्रेय खेलाडीलाई जान्छ ।’

बको रणनीति साफको फाइनलमा पुग्ने भएको बताए । उनले भने, ‘भारत र श्रीलंकाबीचको खेल हेरेर हामी रणनीति बनाउछौं ।’

बंगलादेशी प्रशिक्षक गोलम रोबनी चोतोनले तीनै गोल आफ्नै खेलाडीको कमजोरीको कारण खाएको बताए । उनले भने, ‘नेपाल बलियो टिम हो । नेपालका सबै खेलाडी अनुभवी र परिपक्क छन् । तीनै गोल हाम्रै खेलाडीको कमजोरीका कारण खायौं । रक्षापंतिले निर्देशनअनुसार खेल्न सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment