
६ चैत, काठमाडौं । सिंगै देश यतिबेला फागु पूर्णिमाको रौनकमा डुबुल्की मारिरहेको छ । बुधबार मध्यान्नमा काठमाडौंका विभिन्न भाग घुम्दा यो पर्वको उत्कर्ष देखिन्थ्यो ।
पर्यटकीय क्षेत्रका रुपमा रहेको बसन्तपूर अथाह भिड जम्मा भएर फागु पूर्णिमा मनाइरहेको छ । भीडमा अधिकांश युवावयका व्यक्तिहरु छन् । धेरैले एकैनासको टिसर्ट लगाएका छन् भने कतिपयले अनुहार पेन्ट गरेका छन् । नाचगान पनि भइरहेको छ ।
आपसमा रंग दलादल र पानी छ्यापाछ्याप गरिरहेका युवायुवतीलाई केही विदेशी पर्यटकले पनि साथ दिएको देखिन्छ । बसन्तपुरका साथसाथै टुँडिखेल, दरबारमार्ग, रत्नपार्क बानेश्वर लगायत मुख्य चोकहरुमा पनि फागु पूर्णिमाको अत्यधिक चहलपहल छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4