+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
21/0 (2.3)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

अब सक्रिय होइन, संवैधानिक राजसंस्था आवश्यक : धवल शमशेर

‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजा (पूर्वराजा ज्ञानेन्द्र शाह) सँग पनि सोधेर स्पष्ट पारेको छु,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १५:०१

२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको पनि बताए ।

यसबारे आफूहरूले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि उनले बताए ।

‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजा (पूर्वराजा ज्ञानेन्द्र शाह) सँग पनि सोधेर स्पष्ट पारेको छु,’ उनले भने ।

नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भूमिकामा राजसंस्था रहने उनको भनाइ छ ।

‘नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?