+
+

जाजरकोट अस्पतालले थेग्न सकेन बिरामीको चाप, भुइँमै राखेर उपचार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते ११:०४

७ चैत, जाजरकोट । बिरामीको चाप बढेपछि जाजरकोट अस्पतालले भुइँमै राखेर उपचार थालेको छ ।

पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीलाई भुइँमै राखेर उपचार गर्नु परेको अस्पतालका डा महेश सेजुवालले जानकारी दिए ।

झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् ।

एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताए ।

उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो ।

२०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुन लागेको बताए ।

जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ ।

यसैबीच नलगाड नगरपालिका–८ काव्रामा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

स्थानीय नरबहादुर चदाराको घरबाट सल्केको आगोले देवबहादुर चदारा र लालबहादुर चदाराको घर पनि जलेर नष्ट भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । तर चौपाया भने बचाउन नसकिएको स्थानीय शिक्षक नरेन्द्र केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?