Comments Add Comment

कालिकोटमा विप्लव समर्थित पत्रकार पक्राउ

७ चैत, काठमाडौं । प्रहरीले कालीकोटमा नेत्रविक्रम चन्द विप्लव समूह समर्थित पत्रकार कर्णबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ ।

रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा संवाददाता विश्वकर्मा रेडियोको स्टुडियोबाटै पक्राउ परेका हुन् ।

उनी विप्लव समर्थित पत्रकारहरुको संगठन जनपत्रकार संगठनका जिल्ला अध्यक्ष पनि हुन् ।

पत्रकार महासंघको विरोध 

पत्रकार कर्ण विश्वकर्मा पक्राउको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । रेडियोको स्टुडियोमै प्रवेश गरी पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भएको महासंघको भनाइ छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी पक्राउ परेका पत्रकार विश्वकर्मालाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

विप्लवका मजदुर संगठन इन्चार्ज पनि पक्राउ

प्रहरीले बिहीबार नै विप्लव समूहका  जिल्ला मजदुर संगठनका इञ्चार्ज २८ वर्षीय भरत शाहीलाई पनि पक्राउ गरेको छ । ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले दुई जनालाई जिल्ला प्रहरी कार्यालय, कालिकोटले पक्राउ गरी हिरासतमा लिएको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘ललितपुरमा एनसेल मुख्यालयमाथि विष्फोट भएकै दिन त्यहाँ एनसेल टावरमा आगजनी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि पक्राउ गरेका हौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment