+
+

सांसद् धर्मशिला चापागाईं अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते १२:००

९ चैत, काठमाडौं । सांसद धर्मशिला चापागाईं अस्पताल भर्ना भएकी छन् । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई शुक्रबार बीर अस्पताल भर्ना गरिएको हो ।

उनी केही वर्षयता स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित छिन् । उनले यसअघि नयाँदिल्लीको एपोलो अस्पतालमा पनि यससम्बन्धी उपचार गराएकी थिइन् ।

शुक्रबार पुनः समस्या आएपछि बीर अस्पतालमा परीक्षण गराउन गएकी थिइन् । चिकित्सकले भर्ना हुन सल्लाह दिएपछि उनी भर्ना भएकी हुन् ।

बिभिन्न परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आएपछि थप औषधि उपचार हुने उनको पारिवारिक स्रोतले जनाएको छ ।

चापागाईं समानुपातिक कोटाबाट प्रतिनिधिसभा सांसद छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?