
अक्सर बलिउडमा कुनै कामुक दृश्यका लागि स्मरण हुने नाम हो, इमरन हाशमी । उनलाई उनको नामसँगै समानन्तर रुपमा ‘सीरियल किसर’ भनेर चिनिन्छ । कामुक भावभंगिमाका साथ उनले दिएका दृश्यहरु निकै हिट भएका छन्, खासगरी गीतको दृश्यमा ।
उनै सीरियल किसर अर्थात इमरानले आफ्नो जन्मदिन मनाएका छन् । उनी उमेरले ४० बर्ष पुगेका छन् । इमरानका मामा हुन्, निर्देशक महेश भट्ट । अर्थात आलिया भट्टका पिता महेश इमरानका साख्खै मामा हुन् । उनै मामाले इमरानलाई बलिउड उद्योगमा प्रवेश गराएको हो ।
इमरानले करियरको पूवार्द्धमै आफुलाई बोल्ड र सेक्सी अभिनेताको रुपमा आफ्नो चिनारी बनाए । सन् २००३ मा उनले पहिलो फिल्म खेले । नाम थियो, फुटपाथ । त्यसपछि उनी ३५ वटा फिल्ममा देखापरे, जसमध्ये कति हिट भए कति फ्लप । अतः यहाँ इमरानको बारेमा केही रमाइला प्रसंग पेश गरिएको छ ।
साहयक निर्देशक
इमरान एकैपटक हिरो भएर बलिउड प्रवेश गरेका होइनन् । हिरो हुनुअघि उनले फिल्ममा साहयक निर्देशकको रुपमा काम गरे । विक्रम भट्टको साहयक भएर उनले फिल्म ‘राज’मा काम गरेका थिए । यो फिल्म बक्स अफिसमा हिट सावित भयो ।
फुटपाथबाट हिरो
सन् २००३ मा इमरान हिरो बने । साहयक निर्देशकपछि उनले अभियनमा आफ्नो करियर बनाउन सुरु गरे । यसको प्रवेश विन्दु थियो फिल्म, फुटपाथ ।
अनि भए सुपरस्टार
पहिलो फिल्मबाट उनले अपेक्षित सफलता हासिल गरेनन् । तर, उनले सफलताको लागि त्यती लामो बाटो पनि तय गर्नुपरेन । पहिलो फिल्म खेलेको दोस्रो बर्ष अर्थात सन् २००४ मा उनले अर्को फिल्म खेले, मर्डर । यो फिल्म सुपरहिट भयो । फिल्मसँग इमरान पनि रातारात हिट भए । यही एउटा फिल्मले उनलाई सुपरस्टार बनाइदियो ।
बोल्ड छवी
यही फिल्मबाटै इमरानले आफ्नो बोल्ड छवी बनाए । फिल्म ‘मर्डर’मा उनको अपोजिटमा थिए हट अभिनेत्री मल्लिका शेरावत । फिल्ममा दुबैलाई बोल्ड देखाइएको थियो । उनीहरुको केमेस्ट्री दर्शकले रुचाए पनि । यो फिल्मको गीत अझ हिट भयो ।
सीरियल किसर
फिल्म ‘मर्डर’मा इमरानलाई जसरी कामुक भावभंगीमाका साथ प्रस्तुत गरियो, त्यसले उनको चिनारी पनि बदलिदियो । उनी इमरान भन्दा पनि ‘सीरियल किसर’को रुपमा बढी चर्चित भए ।
मर्डरपछि उनले आवारापन, शंघाई, वान्स अपन अ टाइम इन मुम्बई, क्रुक, दिल तो बच्चा है जी, मर्डर-२, द डर्टी पिक्चर, हमारी अधुरी कहानी, अजहर, राज रीबूट जस्ता फिल्ममा अभिनय गरे ।
सन् २००५ मा आएको फिल्म ‘आशि बनाया आपने’ फिल्मबाट इमरान फेरी बोल्ड रुपमा पेश भए । यस फिल्ममा उनी तनुश्री दत्तसँग देखिएकी थिए । फिल्ममा दुबैबीच बोल्ड र किसिङ सिन दृश्यांकन गरिएको थियो ।
इमरानको व्यक्तिगत जीवन
इमरान अनवर हाशमीको रुपमा एक मुश्लिम पिता र ईशाई परिवर्तित मुस्लिम माता (महेश भट्टकी बहिनी)को कोखबाट जन्मिएका हुन् । पछि उनले आफ्नो नाम बदलेर फरहान हाशमी राखे ।
इमरानले मुम्बईको सिडेनहैम कलेजबाट स्नातक गरेका छन् । अभिनेत्री तथा निर्देशक पूजा भट्ट, निर्देशक मोहित सूरी र अभिनेत्री स्माइली सूरी उनका भाई बहिनी हुन् ।
इमरानको रोचक कुरा
-इमरानले बाल्यकालमै आफ्नो नाम बदलेर फरहान हाशमी बनाए । पछि फेरि उक्त नाम बदलेर इमरान हाशमी राखे ।
-इमरान हाशमीलाई उनका साथीहरुले इमी भनेर बोलाउँछन् ।
-एक अन्र्तवार्ताका क्रममा इमरान हाशमीले भनेका थिए कि सीरियल किसरको ताज कसैलाई दिनु परेमा उसले आलिया भट्टलाई दिनेछन् ।
-एक अन्र्तवार्तामा उनले आफ्नी पत्नी परवीनले उनलाई अनलक्की मान्छन् । यद्यपी उनलाई अनलक्की भन्नुको कारण परवीनले उनको फेवरेट गेम ‘पोकर’को लागि हो । किनभने उक्त गेम इमरानले कहिल्यै जितेनन् ।
-इमरान हाशमीका अनुसार उनी अभिनेता बन्न चाहँदैनथे । तर, दुर्घटनावस उनी अभिनेता भए ।
-इमरानले एक किताब किस अफ लाइफ लेखेका थिए । यो किताब उनका छोरोले क्यान्सरसँग कसरी लडे भन्नेमा आधारित थियो । किताबमा लेखिएको थियो कि उनका छोरोले क्यान्सरलाई कसरी जित्यो ?
प्रतिक्रिया 4