+
+

थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते २०:३०

नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रा.लि. ले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्षमा देश बाहिर पहिलो अन्तर्राष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ।

कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराउदै सो कार्यक्रम गरिएको थियो। कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो, जस अन्तर्गतका बिधाहरुमा ‘वेस्ट डिलर रिजन अवार्ड, वेस्ट ब्रान्च रिजन अवार्ड, १०० क्लब अवार्ड, अपकमिङ स्टार अवार्ड र गोर्खाली अवार्ड’ रहेका छन्।

उक्त अवार्ड एम्.भि. दुगडका उपाध्यक्ष विवेक दुगड, एम्.भि. दुगडकी डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रा.लि. ईण्डियाका उपाध्यक्ष सूधान्सु अग्रवाल, पियाजियो भेहिकल प्रा.लि. ईण्डियाका निर्यात बिक्री म्यानेजर दिपक कुमार र हेड अफ अपरेसन विजय महत्तोले हस्तान्तरण गरे।

उक्त कार्यक्रमको संलाचन दुगड ग्रुपकी पि.आर. हेड विमला थापाले गरेका थिए। २०१८ फेब्रुअरी महिनाबाट आधिकारिक रुपमा पियाजियो ३ ह्विलर्सको नेपालमा बिक्रि बितरण सुरु गरे लगतै १ वर्षको अन्तरालमै पियाजियो थ्री ह्विलर्सको सफलताको खुशी साट्न र आफ्ना सम्पुर्ण डिलर्सहरुलाई प्रोत्साहन गर्ने हेतुका साथ थाईल्याण्डको पट्टाया शहर कार्यक्रमका लागि रोजेको सोहि ग्रुपका हेड अफ अपरेसन विजय महत्तोले बताए।

तिन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुदा एस प्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एम्.भि. दुगड ग्रूप अग्रसर रहने कुरा उपाद्घक्ष विवेक दुगडले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?