
१५ चैत, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्राधानाध्यापक बनेकी सुशीला गुरुङविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।
एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर तनहुँको शुक्ला गण्डकी नगरपालिका-१२ स्थिति त्रिभुवन प्रावि जस्पुरको प्रधानाध्यापक भएको भन्दै गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
प्राधानाध्यापक गुरुङले विहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतको मध्यमा (एसएलसी सरह) तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी लाभ लिएको भन्दै अख्तियारले कानूनी कारबाहीको माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4