
१६ चैत, हेटौँडा । प्रदेश ३ सरकारको नीति तथा योजना आयोगमा दुई सदस्य थप भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले डा. रेणु राजभण्डारी र डा. रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गरेको हो ।
उनीहरुको नियुक्तिसँगै अब प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ । डा. खिमलाल देवकोटा उपाध्यक्ष रहेको आयोगमा यसअघि उपाध्यक्षबाहेक श्याम बस्नेत एक जना मात्र सदस्य थिए ।
मुख्यमन्त्री नै अध्यक्ष रहने सो आयोगमा मुख्यमन्त्रीबाहेक पाँच जना रहनुपर्ने प्रावधान भएकाले थप एक जना नियुक्त गरिने आयोगका उपाध्यक्ष देवकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4