+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वेपत्ता बालकको भारतबाट उद्वार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १९:०२

१७ चैत, सप्तरी । तीन सातअघि सप्तरीबाट वेपत्ता भएका एक बालकलाई भारतको बिहार राज्य अन्तर्गत दरभंगाबाट उद्दार गरिएको छ ।

जिल्लाको राजगढ गाउँपालिका ६ का ११ बर्षीय राजुकुमार खंग वेपत्ता भएका थिए । गत चैत १ गते नै बेपत्ता भएका उनको व्यापक खोजी गरिएपनि फेला पर्न नसक्दा परिवारजनले प्रहरीमा जानकारी गराएका थिए ।

जानकारी गराएलगत्तै प्रहरीले भारतको दरभंगामा रहेको चाल पाएपछि जिल्ला बालकल्याण समितिको अगुवाइमा उनको उद्धार गरी आइतबार नेपाल ल्याइएको छ ।

भारतीय प्रहरी र बाल कल्याण समिति, दरभंगाको सहयोगमा बालकलाई सप्तरी ल्याइएको सप्तरी बाल कल्याण समितिका सदस्य बैद्यनाथ झाले जानकारी दिए ।

बालकको परिवारको जिम्मा लगाइएको बाल कल्याण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?