Comments Add Comment

यस्तो छ छिटो र मिठो पकाउने विधि

तपाईं भान्साको काममा कति रमाउनुहुन्छ ? खाना बनाउन जाँगर चल्छ ? कति थरीका खानेकुरा बनाउनल सक्नुहुन्छ ?

तपाईं भन्नुहोला, ‘खाना पकाउने रहर त लाग्छ, तर त्यती ढंग पुग्दैन ।’

खाना पकाइरहँदा तपाईंले भान्सा धेरै फोहोर बनाउनु हुन्छ होला । मरमसला मिलाउने तौर तरिका नपुग्दो हो । एउटै परिकार बनाउन धेरै समय हुन्छ होला ।

खाना पकाउनु आफैमा एक कला हो । अर्थात पाक कला । खाना कसरी पकाउँदा मिठो हुन्छ, कसरी छिटो हुन्छ, कसरी स्वस्थ्यकर हुन्छ ? यी कुरा तपाईंले जान्नुपर्छ ।

हामीकहाँ अक्सर छोरीचेलीले खाना पकाउने गर्छन् । त्यही कारण भान्साको सम्पूर्ण काम उनीहरुलाई जिम्मा लगाइन्छ । यद्यपी छोरा एवं पुरुषले पनि भात-भान्साको काममा आफुलाई अभ्यस्त गराउनुपर्न । अझ स-साना छोराछोरीलाई पनि भान्साको काम सिकाउनुपर्छ । तरकारी केलाउन, सफा गर्न, भात पकाउन, चिया पकाउन सिकाउनुपर्छ । यसले उनीहरुको कार्यक्षमता बृद्धि हुन्छ ।

अतः यहाँ भान्सामा काम गर्दा कसरी सहज हुन्छ ? खानेकुरा कसरी स्वादिलो बनाउन सकिन्छ ? भन्नेबारे छोटोमिठो जानकारी दिइएको छ ।

– चामल पकाउने क्रममा उम्लिएको पानीमा कागतिको रस मिलाउनुपर्छ, यसले चामल स्वादिलो हुन्छ ।

-प्याज फ्राइ गर्दा त्यसमा थोरै चिनी मिसाउनुपर्छ, चाडै ब्राउन हुन्छ ।

-दही जमाउनका लागि अरु विकल्प भएन भने दुधमा हरियो खुर्सानी राख्नुपर्छ, दही जम्छ ।

-प्याज काट्नुअघि केही क्षण फ्रिजमा राख्नुपर्छ । यसो गर्नाले प्याज काटेको बेला आँसु आउँदैन ।

-नुडल्स उसिनेपछि त्यसमा चिसो पानी राखियो भने नुडल्स आपसमा टासिदैन । तपाईंले नुडल्स उमाल्दै गर्दा त्यसमा थोरै तेल पनि राख्न सक्नुहुनेछ ।

-काटेको स्याउ कालो हुनबाट बचाउनका लागि त्यसमाथि कागती दल्नुपर्छ ।

-यदि कागति धेरै कडा भयो भने त्यसलाई केही क्षण तातो पानीमा डुबाउनुपर्छ, नरम हुन्छ ।

-चिनीको डिब्बामा केही टुक्रा ल्वाङ राख्नुपर्छ, चिनीमा कमिला पस्दैन ।

-राजमा दाल वा तरकारीको रुपमा सेवन गर्न सकिन्छ । यो निकै पोष्टिक खानेकुरा पनि हो ।

राजमा पकाउँदा अक्सर हामी त्यसको गेडालाई अघिल्लो दिनदेखि भिजाएर राख्छौं । राम्ररी भिजाएको राजमा पकाउँदा सजिलै पाक्छ । समय पनि लाग्दैन । ग्यास पनि धेरै खर्च हुँदैन । तर, राजमा राती भिजाउन पाउनुभएन । जबकी आजको छाक राजमा नै पकाउनुपर्नेछ । अब के गर्ने ?

नरम सुपारी छ भने तपाईंको समस्याको हल हुन्छ । राजमासँगै नरम सुपारी राखेर कुकरमा तीन सिटी लगाउनुपर्छ । त्यसपछि फेरी कुकुरको ढक्कन खोलेर त्यसमा एक ट्रे आइस क्युब हालेर तीन चार सिटी लगाउनुपर्छ, राजमा राम्ररी गल्छ ।

-राजमा वा मासको दाल पकाउनका पकाउने अर्को पनि काइदा छ । पानी उम्लिरहेको बेला नुन नहाल्ने । बरु राजमा वा दाल पाकेपछि मात्र नुन हाल्ने ।

-दाल बनाइरहँदा त्यसको फिज बाहिर नआउनका लागि पानीका साथै एक चम्चा घिउ हाल्नुपर्छ ।

-मानौ पुरी पकाउँदै हुनुहुन्छ । त्यसो हो भने आटा गुथेको समयमा त्यसमा एक चम्चा सुजी वा चामलको पीठो मिलाइदिनुपर्छ ।

-आटामा एक सानो चम्चा चिनी हालेर गुथेमा पुरी राम्ररी फुल्छ ।

-यदि आटा फ्रिजमा राख्ने हो भने त्यसको माथि घिउ लगाइदिने र त्यसलाई ढाकेर फ्रिजमा राख्ने । यसले आटा ताजा रहन्छ ।

-तन्दुरी रोटीलाई नरम बनाउनका लागि आटा गुथेको समय त्यसमा दही मिसाउनुपर्छ । साथै आटा गुथ्नका लागि मनतातो पानी राख्नुपर्छ ।

-फाटेको दुधबाट पनिर बनाउनुभयो भने बाँकी रहेको पानी आटा गुथ्नका लागि प्रयोग गर्न सक्नुहुनेछ ।

-पनिरलाई नरम बनाउनका लागि तातो पानीमा नुन मिसाउनुपर्छ । त्यसलाई दश मिनेट जति छाड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment