Comments Add Comment

कोका-कोलाको मोःमोःउत्सव कलेजका विद्यार्थीसँग

१९ चैत, काठमाडाैं । कोका–कोला नेपालको वार्षिक लोकप्रिय उत्सव कोका–कोला मोःमोःउत्सव अन्तर्गत प्रियंका कार्की र आयुषमान देशराज विभिन्न कलेज पुगका छन् ।

टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका र आयुषमानसँग मोःमोःउत्सव मनाउने अवसर पाएका छन् । प्रियंका र आयुषमान ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन कलेज पुगेका हुन् ।

प्रियंका र आयुषमानले विद्यार्थीहरुसँग बसेर विभिन्न परिकारको मःम र कोका–कोलाको स्वाद बढाएका छन् । उनीहरुले विद्यार्थीहरुसँग कोका–कोला र मःम खादै, फोटो र सेल्फी खिचेका छन् ।

कोका–कोला नेपालले लोकप्रिय पिय पदार्थ कोका–कोला र रुचाईएको खाना मःमःलाई एकसाथ ल्याएर ग्राहकहरुमा खुसीयाली बाड्न लगातार विगत ४ वर्षदेखि कोका-कोला मोःमोःउत्सव आयोजना गर्दै आएको छ ।

यस उत्सवलाई भव्य रुपमा सफल पार्न सेलिब्रेटीहरुले विभिन्न आउटलेट र होटलहरु भ्रमण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment