+
+

हावाहुरी पीडितलाई नयाँ शक्तिले दियो ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १४:१४

२१ चैत, काठमाडौं । बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि नयाँ शक्ति पार्टीले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरेका छन् । नयाँ शक्तिले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।

यसअघि हावाहुरी पीडितलाई संयोजक डा. भट्टराईले व्यक्तिगत रुपमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । भट्टराईले हावाहुरी पीडितलाई सहयोग गर्दा औपचारिक संयन्त्रमार्फत नै गर्न आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?