+
+
Shares

‘फ्राइडे रिलिज’: प्रदिप र जसिताको ‘लभ स्टेशन’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १०:२८

फ्राइडे रिलिज अन्र्तगत दर्शकले आजबाट चलचित्र ‘लभ स्टेशन’ हलमा हेर्न पाउनेछन् । आजबाट देशभरका हलमा यो चलचित्र रिलिज भएको हो । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चैत्र महिना लागेसँगै २ भन्दा कम चलचित्र रिलिज नभएको अवस्थामा आज भने ‘लभ स्टेशन’मा रिलिज भएको हो ।

चलचित्र ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ मुख्य भूमिकामा छन् । चलचित्र ‘लिलिबिली’बाट उदाएको यो जोडीले दोश्रो चलचित्रमा पनि दर्शकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

लभ स्टोरी कथामा निर्माण भएको चलचित्रलाई मल्टिप्लेक्समा पनि उच्च शो मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?