+
+
Shares

ल्युमिया नेपलीज कम्युनिटी गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १२:११

सिड्नी । अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनानुदिन बढेसँगै विभिन्न समुदायको गठन पनि त्यही अनुरुपले बढिरहेको छ । यसै क्रमको निरन्तरता स्वरुप हालसालै सिड्नीको दक्षिण पश्चिमको ल्युमिया क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले ल्युमिया नेपलीज कम्युनिटी गठन गरेका छन् ।

गत हप्ता क्याम्पवलटाउनको कोशीगया पार्कमा आयोजित एक वृहत भेलाले सर्वसम्मत रुपमा प्रकाश हुमागाईर्को अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रमोद धिताल, सचिवमा अर्जुन तिमिल्सिना, कोषाध्यक्षमा जानकी रानाभाट सदस्यमा गीता थापा ,सन्दीप वास्तोला र सूर्य पोखरेल रहेका छन् ।

विभिन्न मनरोञ्जनात्मक कार्यक्रम, बार्बिक्यु र अभिभावकहरु बीचको रमाइलो अन्तरगका बीच सम्पन्न सो कार्यक्रमले आगामी दिनमा दक्षिण पश्चिम सिड्नीको ल्युमियामा रहेका नेपालीहरुको हकहितका लागि कार्य गर्नुका साथै क्याम्पलवटाउन काउन्सीलसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरुमा स्वयमसेवी भूमिका निर्वाह गर्ने निर्णय गरेको अध्यक्ष हुमागाइले जानकारी दिए ।

‘हामी तुलनात्मक रुपमा सानो संख्यामा हौला, तर छरिएर रहेका हामी आप्रवासी नेपालीहरु हाम्रो नेपाली धर्मसंस्कृति, कला, भाषा र भेषभुषाको पहिचान स्थापित गरेर समाजमा आइपरेका जुनसुकै समस्याका समाधान गर्नका खातिर यो समिति गठन अपरिहार्य भएको हो,’ अध्यक्ष हुमागाईंले भने ।

पछिल्ला वर्षहरुमा ल्युमिया क्षेत्रमा नेपालीहरुको बसाइसराइँको क्रम बढेको र यहाँ रहेका बिबिध समस्याहरुलाई सम्बन्धित निकायसम्म पुर्‍याउन पनि ल्युमिया नेपलीज कम्युनिटी गठन आवश्यक भएको अध्यक्ष हुमागाईंले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?