Comments Add Comment

हुरी प्रभावितलाई प्रदेश ५ सरकारको एक करोड सहयोग

२२ चैत, बुटवल । प्रदेश २ को बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद वैठकले प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षिय बलदेव शर्मा पोखरेल क्यान्सर रोग लागेर काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत रहेकाले ५ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।

वैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने भनिएको प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको प्रवक्ता चौधरीले बताए ।

स्वास्थ्य वीमापछि भविष्यमा प्रदेशसभा सदस्य र मन्त्रीहरु विरामी हुँदा १० लाख रुपैयाँसम्म उपचारमा सरकारले सहयोग गर्नुपर्नेछैन । यस्तै मन्त्रिपरिषद वैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ ।

यस्तै बाँकेको खजुरा गाउँपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने निर्णय भई आएकाले कार्यान्वयनका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि वैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment