Comments Add Comment

प्रदेश १ लाई लिम्बुवान स्वायत्त प्रदेश बनाउन माग

२१ चैत, विराटनगर । प्रदेश १ लाई लिम्बुवान स्वास्यत्त प्रदेश बनाउन माग गर्दै संघीय लिम्बुवान पार्टीको बेलायतमा रहेका भातृ संगठनले प्रदेशसभाका सभामुखलाई ज्ञापनपब बुझाएको छ ।

शुक्रबार ज्ञापन पत्र बुझाउदै उनीहरुले कोशी पूर्वलाई लिम्बुवान स्वायत्त प्रान्तको रुपमा कायम गर्न माग गरेका हुन् । संघीय लिम्बुवानकी प्रदेश सांसद विष्णु तुम्बाहाफेसहित प्रदेशसभा सचिवालय पुगेका पार्टीका बेलायतस्थित विभिन्न संगठनका प्रतिनिधिहरुको टोलीले सभामुख भण्डारीलाई लिम्बुवान स्वायत्त प्रान्तको विकल्प नखोज्न आग्रहसमेत गरे ।

ज्ञापन पत्र बुझदै सभामुख भण्डारीले प्रदेशको नाम र राजधानी सबैको भावनालाई समेटिने बताएका थिए ।

उनले प्रदेशको नाम र राजधानीको विषयलाई प्रदेश सभामा प्रवेश गराउने नियमावली संशोधन भएकोले प्रक्रिया अगाडि बढाइने बताए । केही दिन यताबाट राजनीतिक दलका जातीय संगठनले प्रदेशको नामको विषयलाई लिएर ज्ञापन पत्र बुझाउने क्रम बढेको छ ।

प्रदेशसभा गठन भएको एक वर्षभन्दा बढी भए पनि प्रदेशको नाम र राजधानी चयन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment