Comments Add Comment

स्थगित भएको मातृभूमि कप अर्को शनिबार

२५ चैत, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो ।

धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । प्रतियोगिताको मिति हेरफेर भए पनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने उनले जनाएका छन् । साथै, सोही दिन पनि त्रिवि मैदानमा टिकट लिन सकिनेछ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने खेलले अझै धेरैलाई लोभ्याउने आयोजकको विश्वास छ । मंगलबारदेखखि पुनः कलाकारहरुको अभ्यासमा उत्रिने छन् ।

खेलका लागि कलाकारको दुई टोली र क्रिकेटरको दुई टोलीको छनोट भइसकेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारले ए र बी टिममा रहेर मनोरञ्जनात्मक क्रिकेट खेल्नेछन् । ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठ र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।

यस्तै राष्ट्रिय क्रिकेटरहरुको सहभागीता रहेको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment