+
+
Shares

हावाहुरी प्रभावित क्षेत्रमा श्रमदान गरेर फर्कियो युवा संघ र वाईसीएल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १३:३०

२५ चैत, वीरगञ्ज । नेकपा निकट युवा संगठन युवा संघ नेपाल र वाईसीएलले बाराको हावाहुरी प्रभावित क्षेत्रमा एक सातासम्म श्रमदान गरेर फर्किएका छन् । देशका विभिन्न जिल्लाबाट आएका १ सय ५० जना भन्दा बढी युवा उद्दार, राहत र प्रभावितको व्यवस्थापनको काम गरेर फर्किएका हुन् ।

युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलका अनुसार चैत १७ गते साँझ हावाहुरी आएर बारा पर्सामा ठूलो धनजनको क्षति भएको खबर सार्वजनिक भएपछि त्यसको भोलिपल्टैदेखि युवाको टोली प्रभावित क्षेत्रमा खटिएको हो । टोलीले हावाहुरीबाट अति प्रभावित क्षेत्रको दुई स्थानमा मेससमेत सञ्चालन गरेको उनले जानकारी दिए ।

‘हावाहुरीले क्षति पुर्‍याएको भोलिपल्टै हामी प्रभावित क्षेत्रमा आइपुग्यौं, उद्दार, राहतमा मात्रै नभएर भग्नावशेष सफाइ गर्ने, अस्थायी आवास निर्माण, टेन्ट गाड्ने काममा पनि श्रमदान गर्‍यौं’ उनले भने । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाटै प्रभावित क्षेत्रमा निर्देशन आएको उनले जानकारी दिए ।

युवा संघ र वाईसीएलको प्रयासमा मृतक परिवारका सदस्यहरुलाई नगद दिनुको साथै मेस सञ्चालनमा झण्डै १ लाख खर्च गरेको छ । त्यस्तै १ हजार थान झुल, ५ सय थान त्रिपाल, १ हजार थान म्याट्रेस र ३ ट्रक खाद्यान्न पनि वितरण गरेको छ ।

त्यसैगरी ८० परिवारलाई भान्साका लागि आवश्यक पर्ने सामग्रीसमेत हस्तान्तरण गरिएको युवा संघ नेपालका २ नं प्रदेश इन्चार्ज ध्रुव यादवले जानकारी दिए ।

प्रसौनी गाउँपालिकाको खुट्वाजब्दीमा वितरण गरिएको भान्साका सामानमा ५ लिटरको प्रेसर कुकर, ५/५ थान थाल र गिलास, ३ थान कचौरा, जग, कराई, टर्चलाइट, डाडु, पन्यु लगायत समान रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?