Comments Add Comment

एकैदिन झण्डै एक अर्ब रुपैयाँको सेयर कारोबार

२५ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा उच्च कारोबार देखिएको छ । आइतबार ५४ करोड रुपैयाँ बढीको कारोबार भएको सेयर बजारमा सोमबार झण्डै एक अर्ब रुपैयाँको कारोबार रकम पुगेको हो ।

दिनभर भएका ११ हजार ३ सय ६० कारोबारबाट विभिन्न कम्पनीका २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँ पुगेको हो । यो निकै लामो समय पछिको उच्च कारोबार कारोबार हो ।

कारोबार रकममात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकसमेत उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९ दशमलव ३२ अंकले उकालो लागेर १ हजार १ सय ९१ दशमलव ६८ प्रतिशतमा पुगेको छ ।

कारोबार रकमका आधारमा सोमबार पनि एनआईसी एशिया बैंक नै अग्रस्थानमा देखिएको छ । ७ करोड ६३ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएर एनआईसी एशिया सोमबार पहिलो नम्बरमा पर्न सफल भएको हो ।

आइतबार पनि एनआइसी एशियाको नै धेरै कारोबार भएको थियो । पछिल्लो समय एनआईसी एशियामा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिएको छ ।

कारोबार रकमका आधारमा एनएमबि बैंक दोस्रो स्थानमा देखिएको छ । यसको ५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment