+
+
Shares

हावाहुरी प्रभावित क्षेत्रका १० बालिकालाई माइती नेपालले पढाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १९:१०

२५ चैत, वीरगञ्ज । चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित बारा र पर्साका अति विपन्न परिवारका १० बालिकाको शिक्षाको सम्पूर्ण जिम्मा माइती नेपालले लिएको छ । आगामी शैक्षिक शत्रदेखि माइती नेपालले उनीहरुको पढाइको जिम्मा लिन लागेको हो ।

माइती नेपालको काठमाडौंस्थित टेरेजा एकडेमीमा ५ बर्षदेखि १० बर्ष उमेर समूहका १० जना छात्रालाई १० कक्षासम्म आवाशिय रुपमा शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।

फेटा गाउँपालिकाको पुरैनिया, भलुही भरवलिया, महागढीमाई नगरपालिकाको तेलगाई, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया र देवताल गाउँपालिकाको रामपुरवामा पुगेर वस्तुस्थिति अवलोकन गरी स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरेर १० जना बालबालिकको छनोट गरिएको माइती नेपालले जनाएको छ ।

हावाहुरीका कारण परिवारका सदस्य गुमाएका, आर्थिक अवस्था कमजोर भएका, दलित परिवारका १० जना बालिकालाई बालगृहको संरक्षणमा लैजाने निर्णय गरेको माइती नेपालका मकवानपुर कार्यक्रम संयोजक माया लामाले जानकारी दिइन् ।

‘विभिन्न प्रकारका सहयोग अन्य संघ संस्थाले गरिरहेका छन्, सहायतमा दोहोरोपन नआओस भन्ने उद्देश्य हाम्रो हो ।’ उनले भनिन् ‘बारामा हावाहुरीले बढी क्षति पुर्‍याएकोले हामीले पहिलो प्राथमिकता त्यहाँ दिएका हौं ।’

छनोटमा परेका बालिकाहरुलाई माइती नेपालले अगामी वैशाख १० गतेबाट भर्ना गराई अध्ययन कार्य प्रारम्भ गराउने माइती नेपाल वीरगञ्जकी एलिशा श्रेष्ठले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?