Comments Add Comment

सावित्राको दुई गोलमा नेपाल विजयी

२६ चैत, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले हराएको छ । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् ।

पहिलो दुई खेल हारेर बाहिरीसकेको नेपालका लागि अन्तिम खेल भने सुखद रहृयो । मंगलबारको खेलमा आठौँ मिनेटमा रेड कार्ड खाँदै १० खेलाडीमा सीमित भएको इन्डोनेसियलाई ३७ औँ मिनेटमा नेपालले गोल हानेको थियो ।

सावित्रा भण्डारीको गोलले पहिलो हाफमा अग्रता बनाएको नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमा नै इन्डोनेसियाले गोल फर्काएको थियो । तर अन्तिम समयमा पाएको पि|mकिकमा गोल गर्दै सावित्राले नेपाललाई सान्त्वना जित दिलाइन् ।

इन्डोनेसियासँगको खेलमा प्रशिक्षक हरि खड्काले तीन खेलाडी परिवर्तन गरेका थिए । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगर साथै डिफेन्डर मनमाया लिम्बुको स्थानमा अमृता जैसी र हिरा भुजेलको स्थानमा कविता धिमाले सुरुवाती ११ मा थिए ।

फिफा वरियतामा १७ स्थान माथि रहेको इन्डोनेसियाविरुद्ध खेलमा दबाव बनाएको नेपालले केही गोलका अवसर भने खेर फाल्यो । फिफा वरियतामा नेपाल १०३ औँ स्थानमा छ भने इन्डोनेसिया ८६ औँ स्थानमा छ ।

पहिलो खेलमा म्यानमारसँग ३-१ र दोस्रो खेलमा भारतसँग पनि ३-१ गोल अन्तरले नै हारेर नेपाल अन्तिम खेलअघि नै छनोटबाट बाहिरिसकेको थियो । यस्तै अन्तिम खेल अगावै बाहिरिएको इन्डोनेसिया पनि पहिलो खेलमा भारतसँग २-० र दोस्रो खेलमा म्यानमारसँग ६-० ले हारेको थियो ।

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा समूह सी मा रहेको नेपाल तेस्रो भएको थियो । त्यसबेला भारत, म्यानमार र बंगलादेश तीन टिमसँग नेपालले १-१ को बराबरी खेलेको थियो । समूहको तेस्रो स्थानमा रहेपनि सबै समूहबाट उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment