Comments Add Comment

आइएमई जनरल इन्स्योरेन्सद्वारा ‘आइजीआई विद्यार्थी बीमालेख’ जारी

२७ चैत, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी आइजीआई विद्यार्थी बीमालेख शुरु गरेको छ ।

उक्त बीमालेखको शुभारम्भ कम्पनीका संचालक प्रताप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेट्दै निर्जिबन बिमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुलाई बिमा सुरक्षा प्रदान गर्ने हेतुले आइजीआई विद्यार्थी बीमालेखको शुभारम्भ गरेको हो ।

यस बिमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छनै साथ साथै निजको माता पिता को पनि सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विद्यार्थीको २४ सैं घन्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्यका साथ यो बीमालेखको शुरु गरिएको कम्पनीले बताएको छ ।

आइएमई जनरल इन्स्योरेन्सले पछिल्लो समय शिक्षा, स्वास्थ तथा कृषि क्षेत्रमा हाम्रो ध्यान केन्द्रीत गर्दै विभिन्न बिमा सेवाहरु प्रदान गर्दै आईरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment