+
+

शशांकलाई रामचन्द्रको चुनौतीः न्याय दिलाइदिनुस्, पार्टी एक हुन्छ

अमृत सुवेदी अमृत सुवेदी
२०७५ चैत २८ गते २०:३५

२८ चैत, पोखरा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला गुटको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा छन् । तर, पार्टी सभापति शेरबहादुर देउवासँग पनि समदुरीमा बस्ने प्रयास गर्छन् र बाहिर पार्टी एकताको मुद्दा उठाउँछन् ।

उनको भूमिकालाई लिएर पौडेल समूहमा धेरै नेताहरुले प्रश्न नउठाएका पनि होइनन् तर, पौडेल यसबारे सँधै मौन रहे । बिहीबार पोखरामा भने फरक दृश्य देखियो । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाबीच अप्रत्यक्ष जुहारी नै चलेको छ ।

जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले पार्टी एक बनाउन महामन्त्रीको हैसियतमा आफू जे पनि गर्न तयार रहेको बताएका मात्र थिए, वरिष्ठ नेता पौडेलले चुनौती दिए, केन्द्रीय कार्यालयमा बसेर पार्टीको व्यवस्थापन मिलाइदिनुस् ।

महामन्त्रीले के गर्नुपर्छ, म तयार छुः शशांक

भेलाका वक्ताले पार्टीमा चरम गुठबन्दी भएको गुनासो गरेपछि महामन्त्री शशांक कोइरालाले पार्टी एक बनाउन आफू जे पनि गर्न तयार रहेको बताए । ‘पार्टी एकता हुने आगामी चुनावमा कांग्रेस पहिलेा पार्टी हुने दाबी गर्दैै उनले भने, पार्टीभित्र जुन तिक्तता छ, त्यसलाई समाप्त पारेर गएको खण्डमा कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

गिरिजाप्रसाद कोइरालाले आफ्नै छायाँसँग डर लाग्छ भनेको प्रशंग निकाल्दै शशांकले प्रतिघातबारे बोले । ‘गिरिजाबाबुले भन्नुभएको थियो, मलाई छायाँसँग पनि डर लाग्छ । त्यो त्यही अन्तर्घातको कुरा हो,’ शशांकले भने, ‘कम्युनिस्ट एक भएरमात्र हामी हारेको होइन, हामी आफूभित्र घातको रोग पसेको छ । त्यसैले गर्दा हारेका हौं ।’

उनले अघि भने, ‘त्यसैले सभापति र वरिष्ठ नेता दुबै जना नेता ड्यासमा हुनुहुन्छ । मेरो विनम्रतापूर्वक अनुरोध छ, यो पार्टी तपाईंहरुकै पार्टी हो, यसलाई एक जुट पारेर अगाडि बढाऔं । त्यसका लागि म महामन्त्रीको के गर्नुपर्छ, तयार छु ।’

न्याय दिलाइदिनोस्, पार्टी एक हुन्छः पौडेल

लगतै भेलालाई सम्बोधन गरेका वरिष्ठ नेता पौडेल पार्टी महामन्त्री कोइरालातिरै सोझिए । उनले भनेका छन्, ‘महामन्त्रीले भन्नुभयो, पार्टी एकताका लागि जे पनि गर्न तयार छु भनेर । महामन्त्रीजीलाई एउटै कुराको अनुरोध छ, केन्द्रीय कार्यालयमा बसेर यो पार्टीको व्यवस्थापन मिलाइदिनुस् । त्यसो भएपछि पार्टी एक हुन्छ ।’

‘कहाँ अन्याय भएको छ, कहाँ क्रियाशील सदस्यमा धाँदली भएको छ, कहाँ त्रुटी-कमजोरी भएको छ, केन्द्रीय कार्यालयबाट न्याय दिलाइदिनोस् । पार्टी एक हुन्छ, म आजै घोषणा गर्छु ।’

पार्टीको अन्तर्घात र गुटवन्दीको विषयमा यति भनेर पौडेलले आˆनो भनाइ टुंग्याएका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?