+
+
Shares

टेलिकमको नयाँ वर्ष अफर : दुई सय रुपैयाँमा ३ जीबी डाटा, दुई सय मिनेट कल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते १४:०६

२९ चैत, काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो ।

यो अफरमा टेलिकमका ग्राहकलाई २ सय रुपैयाँमा प्याक उपलब्ध गराइनेछ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?