Comments Add Comment

क्वेटामा बम विस्फोट, १६ जनाको मृत्यु

२९ चैत, काठमाडौं । पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा एक प्रहरीसहित १६ जनाको मृत्यु भएको छ ।

बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा स्थानीय समयअनुसार विहान करिव ८ बजे विस्फोट भएको हो ।

प्रहरीका अनुसार आक्रमणकारीले बजारमा रहेको पुलिस भ्यानलाई निशाना बनाएर विस्फोट गराएको थियो । प्रहरी डीआईजी अब्दुल रज्जाक चिमाले भने, जब सुरक्षाबलको गाडी तरकारी बजारमा आलुको पसल अगाडि पुग्यो, त्यही बेला विस्फोट भयो ।’

विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment