Comments Add Comment

जेभियर इन्टरनेशनलका ऋतिक बने ए लेभलको ‘वर्ल्ड टपर’

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज कालेपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् । शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी दिइएको हो ।

उनले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन् ।

कार्यक्रममा वर्ल्ड टप गर्ने सहित बिभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) कार्यक्रम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए ।

जेभियर इन्टरनेशनलकै विद्यार्थीले यसअघि पनि वर्ल्ड टप गरेको सो अवसरमा जानकारी दिइयो । ए लेभल पढाइ हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नामसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

ए लेभल संसारभर एउटै शैक्षिक कार्यक्रम हो । यसलाई नेपालको शिक्षासँग तुलना गर्दा प्लस टु सरह मानिन्छ । जसरी दश जोड दुईको कोर्ष २ वर्षको हुन्छ, ए लेभलको पनि त्यहीनै हो । ११ कक्षालाई AS र १२ कक्षालाई A2 भनिन्छ । यी दुवै कोर्ष सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ । विश्वका प्रायःजसो ख्याति प्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ए लेभललाई फलामे ढोकाका रुपमा लिए हुन्छ ।

ए लेभलका विशेषता

ए लेभलमा ६० वटा विषयमध्ये विद्यार्थीले आफ्नो रुचि, देशको अवस्था सुहाउदो हुने गरी छानेर पढ्न पाउँछन् । यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट यसको पठनपाठन हुन्छ । विद्यार्थीले ६० विषयमध्ये कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ, तर विद्यार्थीले चाहे थप विषयमा परीक्षा दिन सक्ने जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

यसले विश्वविद्यालय शिक्षाका लागि श्रेष्ठता कायम गरेको छ । ए लेभल पढेका विद्यार्थीले बेलायत, अमेरिका, क्यानडा र युरोपका सबै मुलुकका विश्वविद्यालयको ४ वर्षे कोर्षमा ३ वर्ष मात्र पढे पुग्छ । किनकी ए लेभल पास गरेकाहरुले ४ वर्ष पढ्न नपर्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment