+

हङकङ सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

२०८२ कात्तिक  २१ गते ९:५४ २०८२ कात्तिक २१ गते ९:५४
हङकङ सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।
  • अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रनमा पुर्‍यायो।
  • नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए भने सन्दीप जोराले अर्धशतक बनाए।

२१ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो । सन्दीप जोराले अर्धशतक बनाएर रिटाएर भए । राशिद खान र आदिल आलमले समान ११ रन बनाए । लोकेश बमले १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि राशिद खानले ह्‍याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय