Comments Add Comment

नयाँ वर्षमा धनगढीमा हाफ म्याराथन

२९ चैत, कैलाली । नयाँ वर्षका दिन ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगिताको छैठौ संकरण आयोजना हुदैछ ।

पर्यटन र खेल विकासलाई टेवा पु¥याउने उद्देश्यका साथ आयोजना हुदै आएको धनगढी हाफ म्याराथन प्रतियोगिता यस वर्ष पनि हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजक धनगढी जेसिजले शुक्रबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगिताका संयोजक लोकराज भट्टले प्रत्येक वर्ष झै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको भन्दै तयारी पूरा भएको जानकारी दिए । धनगढी रंगशालाबाट सुरु हुने दौड प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने संयोजक भट्टले जानकारी दिए ।

प्रतियोगितामा ३ वटा विधाहरु समावेश गरिएको धनगढी जेसिजका अध्यक्ष नरेन्द्र अवस्थीले जानकारी दिए । उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र संचार दौड तथा ५ किलोमिटरकै ट्राइसाइकल दौड आयोजना गरिने बताए ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोस्रोले ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने पाउने आयोजकले जानकारी दिएको छ । त्यस्तै कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment