Comments Add Comment

विश्वकप छनोट फुटबलमा नेपालले सिधै दोस्रो चरण खेल्ने

२९ चैत, काठमाडौं । सन् २०२० मा कतारमा हुने विश्वकप फुटबलको छनोटमा नेपालले सिधैं दोस्रो चरणमा खेल्ने भएको छ ।

एसिया वरियतामा नेपाल ३४ औं स्थानमा परेपछि विश्वकपको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले २०२२ को विश्वकप र २०२३ को एसिया कपका लागि छनोट गर्नेछ ।

फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल यही अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा खेल्ने भएको हो । यता दक्षिण एसियाका भारत र माल्दिभ्स पनि विश्वकपको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएका छन् । भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंकाले भने विश्वकपको पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

विश्वकपको पहिलो राउण्डमा भने एसियन वरियतामा ३५ देखि ४६ औं वरियतामा पर्ने १२ टिमले प्रतिस्पर्धा गर्नेछ । होम एण्ड अवेको आधारमा हुने पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा प्रवेश गर्नेछ ।

दोस्रो चरणमा एसिया वरियताको शीर्ष ३४ र पहिलो चरणबाट छनोट भएर आउने ६ टिम गरी ४० टिमले प्रतिस्पर्धा गर्नेछ ।
४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा पाँच टिम हुनेछन् । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ । त्यस्तै, यही १२ टिमले एसिया कप खेल्नेछन् ।

विश्वकप छनोटको पहिलो चरण जुन ६ देखि ११ तारिखसम्म हुनेछ । त्यस्तै, दोस्रो चरणको खेल सेप्टेम्बर पाँच २०१९ देखि २०२० जुन ९ तारिखसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment