
२९ चैत, काठमाडौं । नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा तैनाथ नेपाली शान्ति सेनाको टोली त्यहाँबाट नहट्ने जनाएको छ । विभिन्न सञ्चारमाध्यममा सेनाको टोली फर्किन लागेको सार्वजनिक भएपछि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले खण्डन गरेको हो ।
जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले संयुक्त राष्ट्र संघको लिबियास्थित मिसनको हेडक्वार्टर नहटेसम्म नेपाली शान्ति सैनिक नफर्किने जनाए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायको नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध छ ।त्यसैले, मिसन हेडक्वाटर लिबियामै रहेको अवस्थामा नेपाली शान्ति सैनिक फिर्ता हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4