Comments Add Comment

‘ए मेरो हजुर ३’को बम्पर ओपनिङ, हलमा अनमोल र सुहानाको यस्तो क्रेज(फोटो फिचरसहित)

लामो समयदेखि नेपाली चलचित्र हेर्न दर्शकको भीड हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले शुक्रबार देशभर आक्रामक ओपनिङ गरेको थियो । शनिबार शुक्रबारको तुलनामा दर्शकको चाप हलमा उच्च देखियो । यसैले वितरकले यसलाई बम्पर व्यापार भनेका छन् ।

शुक्रबार बिहानैदेखि देशभरका हलमा हाउसफूलको व्यापार गरेको चलचित्रले शनिबार त्यसलाई निरन्तरता दिएको छ । शनिबार काठमाण्डौ, पोखरा, चितवन, धरान, विर्तामोड, हेटौडा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, दमक लगायतका शहरमा चलचित्रको व्यापार आक्रामक छ ।

शनिबार काठमाण्डौका सबैजसो मल्टिप्लेक्स हल बिहानैदेखि भरिएका छन् । शुक्ररबादेखि नै दर्शकको चाप हलमा उच्च भएपछि शनिबार मल्टिप्लेक्स शोमा वृद्धी समेत गरेका छन् । आइतबार नयाँ बर्ष परेकाले शनिबार भन्दा बढी शोज मल्टिप्लेक्सले दिएका छन् ।

वितरकले नामको ब्रान्ड, स्टारपावर, गीतसंगीत र ट्रेलरलाई चलचित्रको आक्रामक ओपनिङको कारण मानेका छन् । चलचित्रको वर्ड अफ माउथ समेत राम्रो रहेकाले लामो समयसम्म चलचित्र चल्ने विश्वास यसको निर्माणपक्षको छ ।

हलमा अनमोल–सुहानाको यस्तो क्रेज
शुक्रबार बिहानैदेखि नायक अनमोल केसी र नायिका सुहाना थापा चलचित्रको टिमसँग काठमाण्डौका विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण हलमा बिहानैदेखि ३ वटा हल हाउसफूल भएको संचालक सोहित मानन्धरले जानकारी दिए ।

बिहान नायक अनमोल केसी र नायिका सुहाना थापा बडीगार्डसहित हल पुग्दा उनीहरुलाई फ्यानको भिडबाट जोगाउ नै मुश्किल परेको थियो । नायक केसीले फ्यानसँग सेल्फी खिचे भने चलचित्रको गीत समेत गाए । यस्तै, उनीहरु काठमाण्डौको गंगबुमा रहेको बीएसआर हलमा पुग्दा पनि दर्शकको क्रेज उस्तै देखियो । काठमाण्डौको गोपीकृष्ण हलमा बिहान ६ वटा पर्दामा चलचित्र चलेको थियो । नायक अनमोल केसी र नायिका सुहाना थापा हल पुग्दा दर्शकले हुटिङ गरेर स्वागत गरे ।

यसैविच, चलचित्रकी निर्देशक झरना थापाले दर्शकले दिएको उल्लासमय साथले आफूहरु अत्यन्तै खुशी भएको र राम्रो चलचित्र बनाउँदा चल्छ भन्ने पुष्टी भएको बताइन् । निर्माता सुनिलकुमार थापाले केही दिनमै लगानी सुरक्षित हुने बताए ।

 


तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment