Comments Add Comment

गुल्मीमा साँस्कृतिक तथा पर्यटन महोत्सवमा १० करोडको कारोबार

१ वैैशाख, गुल्मी । गुल्मीमा चलेको गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं ब्यापार मेलामा १० करोड रुपैयाँको कारोबार भएको छ ।

सदरमुकाम तम्घासमा ११ दिनसम्म चलेको महोत्सवको १ लाख दर्शकले अवलोकन गरेको र १० करोडको कारोबार भएको मूल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । महोत्सवमा गुल्मी जिल्लामा उत्पादन भएका बिभिन्न बस्तुहरुसँगै बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादिन बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीमा राखिएको थियो ।

जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखि ३० गते सम्म महोत्सव आयोजना गरेको थियो । महोत्सवको ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नारा तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment