+
+

माल्भिकाले सोधिन्, ‘आयुशमानले प्रियंकालाई दिदी भन्नुहुन्थ्यो रे ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १०:४५

माल्भिका सुब्बाको चर्चित टक शोमा यसपाली पाहुना बने, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुशमान देशराज जोशी ।

भनिहालौं, यो टक शोमा विवाहित जोडीलाई निम्त्याउने गरिन्छ । उनीहरुको दाम्पत्य जीवनकै कुरा खोतलिन्छ । यसपाली निम्त्याएका पाहुना भने विवाहित जोडी होइनन् । सबैलाई थाहै छ, आयुशमान र प्रियंकाले दाम्पत्य सम्बन्ध बाँधिसकेका छै्रनन् । केही समयअघि इंगेजमेन्ट गरेका उनीहरुले चाँडै विवाह गर्ने तयारी रहेको चर्चा छ ।

यही जोडीलाई कार्यक्रम प्रस्तोता माल्भिाकाले प्रेम, रोमान्स र सम्बन्धका अनेक आयमबाट प्रश्नहरु बर्षाइन् । उनीहरुको पहिलो भेटदेखि पछिल्लो प्रेम प्रसंगसम्म खोतलियो । माल्भिकाले सोधिन्, ‘प्रेम हुनुअघि त आयुष्मानले प्रियंकालाई दिदी भनेर सम्बोधन गर्नुहुन्थ्यो रे ?’

यसको जवाफमा आयुशमान-प्रियंका केहीबेर अलमलिए । सोझै जवाफ दिएनन् । बरु, यसलाई समाजको दृष्टिकोण र मनोविज्ञानसँग जोडेर हरेक सम्बोधन र सम्बन्धको पाटोबारे छोटकरीमा विश्लेषण गरिदिए ।

अर्को प्रश्नमा माल्भिकाले उनीहरुको ‘लभस्टोरी’ बुझ्न चाहे । ‘भन्न मिल्ने कुराहरु’ भन्दै सहज बनाइदिएपछि प्रियंका नै जवाफका लागि अग्रसर भइन् । र, फिल्म ‘कथा काठमाडौं’मा एकसाथ काम गर्ने क्रममा भएका केही किस्साहरु सुनाइन् ।

यो कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?