Comments Add Comment

हिरोको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ बजारमा

३ वैशाख, काठमाडौं । विश्वकै सर्वाधिक ठूलो टू–ह्वीलर निर्माता हिरो मोटरकर्प लिमीटेडले मंगलबार एक कार्यक्रमका बीच आईथ्री एस प्रविधिसहितको फेमिली स्कूटर–डेस्टिनि १२५ सार्वजनिक गरेको छ । अत्यन्त शक्तिशाली र विशेष गुणहरुले सम्पन्न डेस्टिनी १२५ को प्रस्तुतीले हिरो मोटरकर्पले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।

भारतमा बिक्री सुरु गरेको केही महिनामै नेपालमा समेत यस स्कुटरको बिक्रिवितरण सुरु हुनुले नेपाली बजारलाई कम्पनीले दिएको उच्च प्राथमिकता स्पष्ट झल्किन्छ ।

हिरो मोटरकर्पको यसअघिका ३ वटा स्कूटरहरु– १०० सिसि प्लेजर, ११० सिसि माइष्ट्रो एज् र ११० सिसि डुयट्, स्कूटर सेगमेन्टमा बलियो उपस्थितीमा रहेका छन् । । यसका अतिरिक्त डेस्टिनि १२५ समेत थपिनाले तीव्र गतिमा विस्तार भैरहेको १२५ सिसिको स्कूटर बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ ।

डेस्टिनि १२५ को भ्याटसहितको मूल्य रु २ लाख ६ हजार कायम गरिएको छ । यो स्टाइलिस नयाँ स्कूटर यही वैशाख ४ गतेदेखि देशभर रहेका हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुनेछ ।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिरो मोटरकर्प, ग्लोबल बिजनेस, स्ट्राट्जी एण्ड पर्फमेन्स ट्रास्फर्मेसन प्रमुख रजत भार्गभले भने– “हाम्रो लागि नेपाल एक अत्यन्त महत्वपूर्ण विश्वबजार हो । केवल केहीवर्षको अन्तरालमा हामीले यहाँको टू–ह्वीलरको बजारलाई आफ्नो पकडमा ल्याउन सफलभएका छौं र अहिले हामी १०० सिसि र १२५ सिसिको मोटरसाइकल सेगमेन्टमा अग्रस्थानमा रहेका छौं । अबको लक्ष्य भनेको स्कूटर सेगमेन्टमा हाम्रो उपस्थितिलाई व्यापक बनाउनु हो । भारतमा बिक्रीखुला गरेसँगैं डेस्टिनि १२५ ले धेरैको ध्यान आकृष्ट गर्न सफलभएको छ र हामी विश्वस्त छौं कि ‘डेस्टिनि १२५‘ भविश्य उज्वल रहने छ ।”

डेस्टिनि १२५

स्टाइल, पावर र प्रविधिमा विशेष संयोजन रहेको नयाँ डेस्टिनि १२५ नेपालको पहिलो र एकमात्र फेमिली स्कूटर हो, जसमा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान् आइडल स्टार्ट–स्टप–सिस्टम जडान गरिएको छ ।

स्कुटर सेगमेन्टमा पहिलो पटक डेस्टिनि १२५ मा माइलेजको लागि हिरोको आविष्कार आइडल स्टार्ट–स्टप–सिस्टम जडान गरेको छ । यसमा अझ थप विशेषताहरु –डिजिटल एनलग स्पिडोेमिटर, साइड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यू रिमाइण्डर पनि रहेका छन् ।

बाहिरबाटै इन्धनभर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइलचार्ज गर्ने मिल्ने र बूट लाइट यसमा भएको विशेष सुविधाहरु हुन् । साथै स्कूटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ्ग प्रणालीले आरामादायि यात्राकोे अनुभूति दिलाउँछ ।

प्रिमियम स्टाइल

परिवारलाई लक्ष्ति यस स्कुटरले कामकाजी युवापुस्तालाई समेत आकर्षित गर्ने लक्ष्य लिएको छ । डेस्टिनि १२५ आधुनिक र प्रिमियम स्कूटरको चाहनालाई पुरागर्न सम्पूर्ण रुपमा स्टाइलमय प्याकहरुले सुसज्जित छ ।

जसमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट, र विङकर बत्ती, स्टाइलिस काष्ट पाङ्ग्रा , बडी रङ्गको ऐनाहरु र डुयल टोन सिट कभर समाविष्ट छन् । नयाँ डेस्टिनि नोवल रेड, चेस्टनट ब्रोञ्ज, पर्ल ह्वाइट र प्यान्थर ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment