Comments Add Comment

कट्रिना भन्छिन्–‘सलमान ‘भारत’मा थिए भन्ने मलाई थाहा थिएनँ’

चलचित्र ‘भारत’को फस्टलुक सार्वजनिक भएसँगै फ्यानमा चलचित्रलाई लिएर उत्साह थपिएको छ । यो चलचित्रमा नायक सलमान खान र नायिका कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्रका लागि कैफ पहिलो रोजाइकी नायिका भने होइनन् । नायिका प्रियंका चोपडाले चलचित्रमा काम नगरेपछि यसको निर्माण टिमले कट्रिनालाई छानेको हो ।

तर, नायिका कैफले भने यो चलचित्रमा काम गर्दा आफूलाई यसमा सलमान खान थिए भन्ने नै थाहा नभएको बयान दिएकी छिन् । भारतीय मिडियासँग कुराकानी गर्दै नायिका कैफले आफू र निर्देशक अली अब्बास जफरविच राम्रो सम्बन्ध रहेपनि चलचित्रको बिषयमा भने व्यवसायिक सम्बन्ध हुने खुलाइन् ।

उनले चलचित्रको कथा हात परेपछि आफूले ३ घन्टामा पढिसकेको पनि बताइन् । चलचित्रको कथा मन परेपछि आफूले काम गर्ने जानकारी दिएको उनको वुझाई छ ।
सलमानले आफूलाई कहिले पनि यो चलचित्रमा काम गर्न लागेको जानकारी नदिएको कैफको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment