+
+
Shares

द्वन्द्वपीडितले पनि आयोगका पदाधिकारी सिफारिस गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १७:०५

४ वैशाख, काठमाडौं । द्वन्द्व पीडितहरुको संघ संस्थाले पनि सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस गर्न सक्ने भएका छन् ।

सरोकारबाला पक्षसँग भएको छलफलपछि सिफारिस समितिले यो निर्णय लिएको हो । ‘अब द्वन्द्व पीडितहरुको संघ संस्थाले पनि यो मानिसलाई आयोगमा लैजाँदा हुन्छ भनेर सिफारिस गर्न सक्नेछन्’ सिफारिस समितिकी प्रवक्ता शर्मिला कार्कीले भनिन्, ‘त्यसरी सिफारिस गर्दा सम्बन्धित व्यक्तिको सहमति भने लिनुपर्छ ।’

समितिले दुबै आयोगको अध्यक्ष तथा सदस्यहरुका लागि आवेदन समेत आह्वान गरेको छ ।

आवेदन दिने वा सिफारिस गर्ने म्याद थप भएको छ । साथै समितिका सदस्यहरुलाई लागेको व्यक्तिको नाम पनि सिफारिस गर्न सक्ने कार्कीले बताइन् ।

सत्य निपरुण र वेपत्तासम्बन्धी दुबै आयोगका पदाधिकारी चैत मसान्तसँगै विदा भइसकेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?