Comments Add Comment

हुण्डाईले सार्वजनिक गर्यो नयाँ एसयूभी

५ बैशाख, काठमाडौं । कोरियाली गाडी निर्माता हुण्डाईले न्यू योर्क अटो सोमा आफ्नो नयाँ एसयूभी सार्वजनिक गरेको छ ।अमेरिकाको न्यू योर्क सहरमा हुने गाडी मेलामा आफ्नो नयाँ प्रोडक्ट ‘भेन्यू’ सार्वजनिक गरेको हुण्डाईले भारतमा पनि उक्त गाडीको अनावरण गरेको छ ।

एन्ट्री लेभल एसयूभीको रुपमा चित्रण गरिएको भेन्यूको डिजाइन हुण्डाईकै विश्वभर मन पराइएको हुण्डाईका एसयूभी सान्टा फे र प्यालिसेडबाट प्रभावित छ । भेन्यू ४ मिटर भन्दा कम लामो एसयूभीको सेग्मेन्टमा पर्छ ।

भारतमा यसको विक्री मे महिना बाट नै शुरु हुने अपेक्षा गरिएको छ । यो एसयूभीको मूल्य विक्री शुरु हुनुअघि मात्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ । साइडबाट झट्ट हेर्दा हुण्डाईकै क्रेटा एसयूभीको सानो भर्सन जस्तो देखिने यो गाडी अगाडी र पछाडिबाट भने फरक देखिन्छ ।

कारको अगाडीपट्टी वाटरफल ग्रिल हालिएको छ भने पछाडी प्रोजेक्टर फग ल्याम्प जडान गरिएको छ । भेन्यूको इन्टोरियरलाई पनि विशेष रुपमा डिजाइन गरिएको छ । यसको डिजाइन क्रेटा भन्दा निकै फरक छ । यसमा टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । स्टियरिङ मै अडियो र फोन कन्ट्रोलको व्यवस्था गरिएको छ ।

यो एसयूभीलाई निकै आरामदायी मात्र नभएर निकै सुरक्षित पनि बनाइएको छ । यसमा इलेक्ट्रोनिक सन रूफ, क्रुज कन्ट्रोल, एयर प्युरिफायर, वायरलेस चार्जिङ, भ्वाइस रेकग्निसन, ६ एयर ब्याग र भेइकल स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर पनि राखिएको छ । भेन्यूमा हुण्डाईले नयाँ टर्बो चार्ज्ड पेट्रोल इन्जिन राखिएको छ ।

गाडीमा १ लिटर को ३ सलिण्डर इन्जिन छ जसले १२० पीएसको पिक वार दिन्छ भने १७५ न्यूटनमिटर सम्मको टोर्क पनि दिन्छ । हुण्डाईले १.२ लिटरको भेरिएन्टमा पनि भेन्यूको विक्री गर्ने बुझिएको छ । साथै १.४ लिटरको डिजल इन्जिनमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

न्यूयोर्क अटो सोमा बोल्दै ह्युण्डाईको अन्तराष्ट्रिय डिजाइन केन्द्रका उपाध्यक्ष साङ्गयुप ली भन्छन् ‘भेन्यूको कम्प्याक्ट साइज सहरमा बस्नेहरूका लागि उपयुक्त छ । तर, हामी यसलाई क्युट कार भन्दैनौँ । एउटा भनाई छ नि राम्रा कुराहरू साना प्याकेजमा आउँछन् ।’ उनका अनुसार भेन्यूको मुख्य विषेशता हो यसको बोल्ड र स्टाइलिस लुक ।

भेन्यू भारतमा सार्वजनिक भएलगत्तै नेपालमा पनि सार्वजनिक गरिने हुण्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाइले बताएको छ ।

यसैबीच हुण्डाईले आफ्नो लोकप्रिय सोनाटा सेडानको नयाँ संस्करण पनि विश्व बजारमा अनावरण गरेको छ । सन् १९८९ मा पहिलो पटक उत्पादन गरिएको सोनाटा संसारभर नै रुचाइएको छ । नयाँ सोनाटामा थुप्रै नयाँ टेक्नोलोजीको प्रयोग भएको ली बताउँछन् । नयाँ सोनाटा सानो पार्किङ स्पेस भएको ठाउँमा एउटा बटन थिच्ना साथ आफै बाहिर आउँछ भने एनऐफसी भएको मोवाइल फोनलाऐ यसको साँचोको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment