Comments Add Comment

सार्कस्तरीय ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

५ बैशाख, काठमाडाैं । टाटा मोटर्स नेपाल र म्याकलुब्रिकेन्ट्सको सहकार्यमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न भएको छ ।

फेस्ट यही अप्रिल ११ र १२ मा काठमाडौंमा सम्पन्न भएको हो । सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समूहमा ३-३) सहभागी भएका थिए ।

फेस्टिबलमा सेवा सल्लाहकारतर्फ नेपालका उज्जवल परियार प्रथम भए भने राजाराम केसी दोस्रो भएका हुन् । तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुलमलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरे ।

त्यसैगरी प्राविधिकवर्गमा नेपालका डेम बहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए।पुरस्कार वितरण कार्यक्रम होटल याक एण्ड यतिमा भएको थियो।

दुवै बर्गका पुरस्कार विजेता तीन–तीनजना प्रतियोगीले भारतको पुणेमाहुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।

सार्कस्तरीय प्रतियोगिताहुनु भन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरि तीनजना प्राविधिक सार्क राउण्डमा सहभागी हुन योग्य भएका थिए ।

त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुवै बर्गको छनोट गर्ने सिलसिलामा लिखितजाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो । कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment