
५ बैशाख, काठमाडाैं । नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बैंक खाता खोल्ने अभियान बमोजिम सिद्धार्थ बैंके सिद्धार्थ सजिलो बचत खाता सञ्चालनमा ल्याएको छ ।
योजना वैशाख १ गते देखि लागू बैसकेको बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो जस अन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने छ ।
साथै यो खातामा ६ प्रतिशत वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्न सकिने , निःशुल्क चेकबुक सुविधा , निःशुल्क एबिबिएस सुविधा लगायतका सुविधा रहेका छन् ।
बैंकका देशभर १४९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १३ सय बढी पीओएस मेसिन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4