
काठमाडौं । पहिलो लेगमा व्यहोरेको ४–२ को हारलाई उल्टाउँदै आइन्ट्राच फ्राङफर्ट युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।
उसले बिहीबार राति बेन्फिकालाई २–० ले हराएको छ र समग्रमा ४–४ को बराबरी खेलेको आइन्ट्राच फ्राङफर्ट अवे गोलका आधारमा सेमिफाइनलमा पुगेको छ । अब उसले फाइनल प्रवेशका लागि चेल्सीसँग खेल्नेछ, जो स्लाभिया प्रागलाई हराउँदै अन्तिम चारमा आएको छ ।
घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब फ्राङफर्टका लागि फिलिप कोस्कि र सेबास्टियन रोडले गोल गरे ।
पहिलो लेगमा एक समय यो टिम ४–१ ले पछाडि परेको थियो । २० मिनेटमा १० खेलाडीमा सिमित भएको उसले ५० औं मिनेटमा गोेल खाएसँगै ४–० ले पछाडि परेको थियो ।
तर, सेमिफाइनलमा स्थान बनाएको छ ।
अर्को सेमिफाइनलमा आर्सनलले भ्यालेन्सियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4