
६ बैशाख, काठमाडाैं । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स् एण्ड फिटिङस् औपचारिक रुपमा बजारमा ल्याएको छ । काठमाडौंको नक्साल स्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको हो । जल पाइप्स् एण्ड फिटिङस् अरिहान्त ग्रुपको विजनेश युनिट हो ।
ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका थिए ।
अरिहान्त ग्रुपका कार्यकारी निर्देशकमा गिरिस जैन र जल पाइप्स् एण्ड फिटिङस्की ब्राण्ड एम्बास्डरमा मनिषा कोइराला नियुक्त भएका छन् ।
जल पाइप्स् एण्ड फिटिङस् अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन हुन्छ । उत्पादन उद्देश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।
जल पाइप्स् एण्ड फिटिङस्बारे बोल्दै जापान सेकिसुइका प्रतिनिधिले भने, ‘जल पाइप्स् एण्ड फिटिङस् गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उद्देश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो ।’
त्यसैगरी जल पाइप्स् एण्ड फिटिङस्की ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स् एण्ड फिटिङस् जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुशी लागेको बताईन् ।
अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अरिहान्त का धेरै क्षेत्रहरु मध्ये पाइप र फिटिङ क्षेत्रमा काम गरिरहेको र अन्य उत्पादन जस्तै जल पाइप्सले पनि ग्राहकहरुको विश्वास जित्ने बताए ।
प्रतिक्रिया 4