
६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ को पर्चा जलाएका छन् ।
हिन्दु राष्ट्र कायम हुुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले आयोजना गरेको विरोध कार्यक्रममा थापाले धर्म निरपेक्षता लेखिएको पर्चामा आगो लगाएका हुन् । रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कार्यक्रममा थापा आफैंले धर्म निरपेक्षता लेखिएको पर्चा जलाएका थिए ।
त्यसक्रममा प्रहरीले राप्रपाका केही कार्यकर्तालाई पक्राउ समेत गरेको छ । थापालाई भने सुरक्षागार्ड र कार्यकर्ताले पक्राउ गर्नबाट जोगाएको छ ।
राप्रपाले हिन्दु राष्ट्र कायम हुनुपर्नेसहित २२ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएर चरणवद्ध आन्दोलन गरिरहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4