+
+

आठौं राष्ट्रिय खेलकुद : भलिबलमा पुरुष र महिला दुबैमा पुलिस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १९:५५

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलको पुरुष र महिला दुबैमा विभागीय टिम पुलिसले जित हात पारेको छ ।

बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा शुक्रबार साझ भएको खेलमा पुरुषतर्फ सुदूरपश्चिमाञ्चल प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । पुलिसले सुदूरपश्चिमाञ्चललाई २५–१५, २५–१९ र २५–१७ को सेटमा पराजित गर्न सफल भयो ।

त्यस्तै, पुरुषतर्फ कै अर्को खेलमा प्रदेश तीनले कर्णाली प्रदेशलाई २५–१७, २५–१८ र ३०–२८ को सेटमा पराजित गरेको छ ।

शुक्रबार साँझ नै महिलातर्फको खेलमा पुलिसले सुदूरपश्चिमलाई नै सोझो सेटमा हराउन सफल भएको हो । पुलिसले सुदूरपश्चिमलाई २५–४, २५–९ र २५–५ को सोझो सेटमा पराजित गरेको छ ।

त्यस्तै, महिलातर्फकै अर्को खेलमा कर्णाली प्रदेश गण्डकी प्रदेशसँग पराजित भएको छ । समूह बी को खेलमा गण्डकी प्रदेशले कर्णालीलाई २५–११, २५–१७ र २५–८ को सेटमा पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?