Comments Add Comment

डोरीले हातखुट्टा बाँधेर डकैती गर्ने ३ जना पक्राउ

८ वैशाख, काठमाडौं । काठमाडौंको रानीबारीमा गत २६ चैतमा भएको डकैती घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ गरेको छ ।

घटनामा संलग्न चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको अनुसन्धान थालेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

उनका अनुसार पक्राउ परेका ३ जनाले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकालीसहित ३ जनालाई हातखुट्टा बाँधेर लुटपाट गरेका थिए ।

‘जुटको डोरीले बाँधेर कोठामा रहेको दराज फुटाई तोडफोड गरेर गरगहना र नगदसहित गरी ५ लाख ६० हजार बराबरको धनमाल लुटपाट भएको थियो’, सिंहले भने ।

प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी, बा२ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment