
८ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा एपीएफले जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार खजुराको डी गाँउमा भएको खेलमा एपीएफले प्रदेश १ लाई ४–० गोलले पराजित गर्दै क्वार्टरफाइनमा स्थान बनाएको हो ।
एपीएफका लागि आशिष लामाले ह्याट्रिक गरे । उनले खेलको १४, ६३ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भएका हुन् । त्यस्तै सुदिप सिम्रकारले एक गोल गरे । उनले खेलको २४ औँ मिनेटमा गोल गरेका हुन् ।
आज नै भएको अर्काे खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ४–० गोल अन्तरले हराउन सफल भएको हो । गण्डकी प्रदेशका लागि गण्डकीका लागि त्रिदेवले खेलको चौथो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
त्यस्तै खेलको छैटौँ मिनेटमा टिकाराज गुरुङले गोल गर्दै गण्डकीको अग्रतालाई दोब्बर पारे । खेलको २१ मिनेटमा टिकाराजले व्याक्तिगत दोस्रो गोल गर्दै गण्डकीलाई ३–० गोलको अग्रता दिलाए ।
खेलको २५ औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै टिमलाई जित नजिक पुगाए । खजुरामा भएको खेलमा प्रदेश ५ र गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4