Comments Add Comment

सलोन र अखिलेषसँग स्वस्तिमाको ‘एमजी रोडैमा’

चलचित्र ‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजनराजको शब्द तथा संगीत छ । गीतको भिडियोलाई सिक्किमको एमजी रोडमा खिचिएको हो ।

गीतको भिडियोमा कोरसको प्रयोग उल्लेख्य गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधानलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा पटकथा तथा संवाद विकास र सामिप्यराज तिमिल्सिनाको छ । चलचित्रमा अर्जुन जीसीको सम्पादन छ । चलचित्र ‘हजार जुनी सम्म’लाई साउनको ३० गते रिलिज गर्ने तयारी गरिएको छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको यो चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानको अभिनय छ ।

चलचित्रको यो गीतको कोरियोग्राफी कमजोर छ । साथै, गीत पनि स्लो हुँदा दर्शकलाई याद गर्न लामो समय लाग्न सक्छ । निर्माता तथा निर्देशक विकासराज आचार्यका अघिल्ला चलचित्रमा जुन स्तरका गीतसंगीत हुने गर्दथ्य, त्यो स्तरलाई यो गीतले भेट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment