
९ वैशाख, गोरखा । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका गोरखा जनपरिषद प्रमुख बिष्णु रिजाल पक्राउ परेका छन् । ६५ बर्षका रिजाललाई सोमबार गण्डकी गाउँपालिका–७ घ्याल्चोकस्थित आफ्नै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘गत माघ महिनादेखि घरमा रहेनछन्, दुई/तीन दिन अघि घर आएको सूचना पायौ अनि त्यही गएर आज समातेका हौ,’ जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले भने । रिजाललाई राजद्रोह अन्तरगत मुद्धा दर्ता हुने उनले बताए ।
प्रहरीले नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डेलाइ पनि पक्राउ गरेको छ । भिमसेन थापा गाउँपालिका–६ अश्राङ स्थित आफ्नै निवासबाट पाण्डेलाइ पक्राउ गरिएको एसपी रावलले बताए ।
आइतबार पक्राउ गरेका पाण्डेलाई सोमबार धादिङ प्रहरी कार्यालयमा पठाइएको छ । ‘पाण्डे विरुद्ध धादिङमा एनसेलको टावरमा बम हानेको मुद्धा रहेछ त्यही भएर उनलाइ त्यही पठायौ,’ एसपी रावलले भने ।
प्रतिक्रिया 4