Comments Add Comment

हुवावेको आम्दानी ३९ प्रतिशतले बढ्यो

१० वैशाख, काठमाडौं । सूचना प्रविधि जायन्ट हुवावेको आम्दानी अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढेको छ । हुवावेले सन् २०१९ को पहिलो त्राइमासमा अघिल्लो वर्षको तुलनामा आम्दानी बढाएको हो ।

दूरसञ्चार उपकरण, स्मार्टफोन,क्लाउड कम्प्युटिङजस्ता व्यापारमा संलग्न कम्पनीले यो वर्षको तीन महिनामा १७९.७ अर्ब चिनियाँ युआन कमाएको छ । यो अवधिमा कम्पनीले खुद नाफा भने ८ प्रतिशतले बढाएको छ ।

कम्पनीले यो वर्ष पनि आफ्नो ध्यान सूचना प्रविधि पूर्वाधार र स्मार्ट डिभाइसमा हुने घोषणा गरेको छ । सन् २०२० बृहत रुपमा फाइभजीको विस्तारको वर्ष हुने र यसले कम्पनीको आम्दानी र नाफा बढाउन सहयोगी हुने बताएको छ ।

हुवावेले विश्वभर फाइभजी विस्तारका लागि ४० व्यावसायिक सम्झौता गरेको जनाएको छ । उसले हालसम्म ७० हजार फाइभजी बेस स्टेशन खडा गरिसकेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment